arrow

सही सूचना नदिँदा सञ्चार माध्यममा बोल्दा पनि डर लाग्छ- गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३२ शुक्रबार
gagan-thapa-04-32.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चार माध्यामहरुले सही सूचना दिन नसकेको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले सञ्चार माध्यामहरुले सही सूचना नदिँदा आफूलाई अभिव्यक्ति दिँदा पनि डर लाग्ने गरेको गुनासो गरे । 

आजभोलि कहीँ गएर बोल्दा डर लाग्ने कारण खुलाउँदै उनले १० मिनेट बोलेको दर्शकसम्म दश सेकेन्डको मात्रै हुने हुँदा त्यसले आफ्नो भनाइको भाव बोक्न नसक्ने उल्लेख गरे । महामन्त्री थापाले सामाजिक सञ्जालले पनि एक अर्कामा पीडा थप्ने काम गरिरहेको बताए । उनले राजनीतिक भन्दा फरक विषयको खोजी गर्नसके सञ्चार माध्यामहरुको बजार थप हुने दाबी समेत गरे । 

महामन्त्री थापाले भने, ‘गीत, सङ्गीत, कला जे जे भने पनि सबै यति धेरै त्यो हाम्रो राजनीतिक गतिविधिको वरिपरि घुम्न थालेको छ । गाली गरे पनि त्यसमा नै, नयाँ सृजना गरे पनि त्यसमै, रेडियोमा बोल्दै त्यो प्रस्तोताले पनि दुई वटा गीतको बीचमा पनि राजनीतिक वरीपरीकै कुरा भनिरहेको हुन्छ । त्यो भन्दा पर जान सकेका छैनौ । जसले गर्दा त्यो ओभर क्राउडेट भएको छ । सामाजिक सञ्जालमा त्यसैमा टिप्पणी गरिराखेको छ । त्यसैले रेडियोमा आउने साथीहरूले नयाँ नयाँ कुरा सृजना गर्छु भन्ने ठान्ने हो भने त्यो भन्दा बाहिर मानिसहरूले फरक कुराहरू पनि सुन्न चाहिरहेको छ । त्यसरी सोच्ने हो भने मुलुकमा अहिले पनि रेडियोको ठूलो बजार छ भन्ने मैले ठानेको छु । सबभन्दा ठूलो कुरा भनेको हामीहरूले सही सूचना दिन सकिरहेका छैनौ । हामीलाई आजभोलि कहीँ गएर बोल्दा डर लाग्छ–मैले अहिले १० मिनेट यहाँ बोले भने साँझ सुन्न स्रोतासम्म पुग्दा वा हेर्ने दर्शकसम्म पुग्दा त्यो दश सेकेन्डको मात्रै हुन्छ । त्यो दश सेकेन्डले मेरो १० मिनेटका भाव बोक्दैन । तर त्यसैको आधारमा मेरो धारणा बनाउँछ । जसले बजाएको छ, उसलाई आज मैले देखाइदिए भन्ने लाग्छ । तर कुनै बेला ऊ आफैँ हेर्नेमा पर्छ । यस कारण हामी एक अर्काका पीडित हौँ । हाम्रो सामाजिक सञ्जालको जुन उद्योग छ, त्यसले पनि एक अर्कालाई दुःख दिइराखेको छ । यसबाट माथि उठ्नुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ