arrow

हावाहुरीले मकैबाली सखाप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १ शनिबार
huri-makai.jpg
फाइल तस्बिर

कालीकोट । बिहीबार रातिको वर्षासँगै आएको हावाहुरीले यहाँको शुभकालिका गाउँपालिका-१ छाती गाउँका स्थानीयले लगाएको मकैबालीमा क्षति पुगेको छ ।

हावाहुरीले एक सय ३३ घरधुरीले लगाएको मकैबालीमा क्षति पुगेको हो ।

पाक्ने बेलाको मकैमा हावाहुरीले क्षति पुर्याएको स्थानीय जवानसिंह सुनारले बताए ।

“यहाँ धानखेती हुँदैन । यहाँको मुख्य बाली मकै हो”, उनले भने, “हावाहुरीले मकै बाली नष्ट भएपछि किसान भोकमरी हुने चिन्तामा छन् ।”

अहिलेसम्म यहाँका किसानले कृषि बीमा गरेका छैनन् । यहाँको प्रमुख बाली मकै भएकाले हावाहुरीले ठूलो क्षति पुर्याएको शुभकालिका गाउँपालिका-१ का वडाध्यक्ष वीरबहादुर रामजालीले बताए ।

“हावाहुरीले मकै बालीमा ठूलो क्षति पुगेको छ”, उनले भने, “क्षतिका बारेमा गाउँपालिका तथा विपद् व्यवस्थापन कार्यालयलाई पनि जानकारी गराइएको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ