arrow

टाटासुमो र टिपर आपसमा ठोक्किए, दुईको मृत्यु, नौ घाइते

logo
प्रकाशित २०७३ मंसिर २६ आइतबार
accident-final.jpeg
बनेपा । काभ्रेपलाञ्चोकको नासिकास्थान गाविस–१ भैसीपाटीको अरनिको राजमार्ग सडकखण्डमा आइतबार बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा जिल्लाका ४१ वर्षीय निलम कार्की र मोरङ मधुमाला–७ बस्ने ३५ वर्षीय मदन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । 
 
दमकबाट सिन्धुली हुँदै काठमाडौँ गइरहेको मे१ज २१९१ नंको टाटासुमोलाई विपरीत दिशाबाट आउँदै गरेको बा४ख ३५५६ नंको टिपरले ठक्कर दिँदा सुमो खेतमा पल्टिएको थियो । प्रहरीका अनुसार टिपर चालक फरार छन् भने टिपर नियन्त्रणमा लिइएको छ । 
दुर्घटनामा गम्भीर घाइते भएका दुवैको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । सो घटनामा घाइते भएका अन्य नौ जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ