arrow

इङ्गलिश प्रिमियर लिगको नयाँ सिजन शुरु, म्यानयूको विजयी शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १ शनिबार
manutd-24-8-17.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलको नयाँ सिजन शुरु भएको छ । गएराति सम्पन्न प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले विजयी शुरुआत गरेको छ ।

म्यानयूले फुलह्यमलाई १–० गोल अन्तरले पराजित गरेको हो । म्यानयूको जितमा खेलको ८७औँ मिनेटमा जोशुआ जिर्कजीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यसै सिजनमा म्यानचेस्टर युनाइटेड आएका जोशुआले डेभ्यु खेलमै गोल गरेर शानदार शुरुवात गरेका छन् ।  

लिग अन्तर्गत आज छ खेल हुँदैछन् । सवा ५ बजे इप्स्विच टाउनले लिभरपुलसँग घरेलु मैदानमा, आसर्नलले पौने ८ बजे घरेलु मैदानमा वुल्भससँग खेल्नेछ । 

सोही समयमै एभर्टनले घरेलु मैदानमा ब्राइटनसँग, न्यूकासल युनाइटेडले घरेलु मैदानमा साउथ ह्याम्पटनसँग र नटिंघम फरेष्टले घरेलु मैदानमा बर्नमाउथसँग खेल्नेछ । 

राति सवा १० बजे वेष्ट ह्याम युनाइटेडले घरेलु मैदानमा एस्टन भिल्लासँग खेल्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ