arrow

प्रचण्डको ६२ औं जन्मदिन विशेष, जनतालाई राहत दिए हुने नि !

logo
बाबु नेपाली,
प्रकाशित २०७३ मंसिर २६ आइतबार
prachand--g-naya.jpg.jpeg

काठमाडौं । नेपाली राजनीतिक वृत्तमा नेताहरुको जन्मदिनले खासै अर्थ राख्दैन । तर यसपटक भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जन्मदिनले विशेष चासो पाएको छ । ६२ औं जन्मजयन्ती मनाउने क्रममा प्रचण्डलाई बधाइ दिनेको ओइरो लागेको छ । 

मुलुकमा राजनीतिक तरलता छाइरहेका बेलामा पक्षी र प्रतिपक्षी दलहरुले बधाइ तथा शुभकामनाको बहानामा भेटघाट बढाउने हो भने त्यसले पनि निकासको मार्ग दिने निश्चित छ । 
 
यसैमेसोमा कुनै समय एकै ठाउँमा कुम जोडाएर सहयात्रा गरेका नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री प्रचण्डलाई बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेर शुभकामना दिए । 
 
विचार नमिलेर टाढिएका नेताहरुबीच आपसमा भेट्ने बहाना मिलेजस्तै अहिले संविधान संशोधनका लागि विपक्षी दलहरुसँग देखिएको तिक्तता र सत्ताधारीबीच पनि बढेको असमझदारी हटाउन प्रचण्डको जन्मदिन साँच्चिकै मियोको रुपमा सिद्ध हुने हो भने त्यो सार्थक हुने थियो । 
 
त्यसो त नेताहरु जनताबाट टाढिँदै गएका छन् । जनतासँग नजिक रहने गरी उनीहरुका भावना बुझ्न खोजेजस्तो गरे पनि व्यवहारमा त्यसो हुन नसक्दा जनता खासै खुसी छैनन् । 
 
कार्यकर्ताले सम्झिए पनि जनताले सम्झिन नसक्नु दुर्भाग्य हो । जसरी भारतको एक राज्यकी मुख्यमन्त्री भएर जयललिताले ६८ वर्षमा गत हप्ता मृत्युवरण गर्दा त्यो राज्य नै स्तव्ध भयो । 
 
सर्वसाधारणले उनको मृत्युलाई सहन नसकेर आत्महत्या गरे । ७७ जनाले आत्महत्या गरेको र सात जनाले असफल प्रयास गरेकोसमेत उनको पार्टीले जनायो । 
 
आफ्नो नेताको जन्म पर्दा खुसी बाँड्ने र मर्दा पीडामा रहने दिन आउने कल्पना नेपालमा गर्न सकिन्छ । तर यथार्थ निकै टाढा छ । 
 
प्रचण्डले पनि जनताको मन जित्न आफ्नो जन्मदिनकै अवसरमा नेपालीलाई खुसी पार्ने कुनै योजना वा सहुलियत वा सेवा–सुविधा बाँड्ने हो भने हरेक मंसिर २६ गतेको मिति मुटुमा सजाउने थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ