arrow

प्रचण्डलाई शुभकामना दिन वैद्य पुगे बालुवाटार

logo
प्रकाशित २०७३ मंसिर २६ आइतबार
PM-ra-baidhye-new.jpeg

काठमाडौँ । क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्यले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई जन्म दिनको शुभकामना दिएका छन् । भेटका क्रममा दुवैले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गरेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भेटमा समसामयिक राजनीति, संविधान कार्यान्वयन लगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरी तिमिल्सिनाले जानकारी दिए ।

वैद्यले प्रधानमन्त्रीलाई ६३औंँ वर्षको जन्मदिनको शुभकामना दिए । नेता वैद्यलाई धन्यवाद दिँदै प्रधानमन्त्री दाहालले समसामयिक राजनीतिक विषयमा सरकारले लिएका निर्णयबारे सुनाए । भेटमा पार्टी एकताको सम्भावनाबारे समेत कुरा भएको बताइएको छ ।

केही दिन अघि मात्रै प्रधानमन्त्री दाहालले अब वैद्य, विप्लपहरुसँग एकता गर्नुको विकल्प नभएको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ