arrow
ADVERTISEMENT

नेपाल र श्रीलङ्का भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २ आइतबार
nepal-lawos-football-2080-06-25 (20).JPG

काठमाडौँ । साफ यु-२० च्याम्पियनसिपमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । नेपालले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पाहुना टोली श्रीलङ्कासँग खेल्दै च्याम्पियनसिपको शुरुवात गर्दैछ । नेपालले यु–२० पुरुष टोली घरेलु मैदानमा हुने साफ यु–२० च्याम्पियनसिपको उपाधि घरमा राख्ने लक्ष्य लिँदै तयारी गरेको छ । 

घरेलु मैदानमा हुने च्याम्पियनसिपका लागि नेपाली टोलीले गत असारको अन्तिम सातादेखि तयारी गरेको हो । यसबीच युवा टोलीले पर्याप्त तयारी गर्ने अवसर पनि पाएका छन् । उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाली टोलीले सातदोबाटो टर्फ र प्राकृतिक घाँसे मैदानमा तयारी गरेको छ । 

तयारीका क्रममा नेपालले ‘ए’ डिभिजन टोली चर्च ब्वाइज र त्रिभुवन आर्मीसँग मैत्रीपूर्णको तयारी पनि गर्ने अवसर पाएको थियो । त्यसैले नेपाली टोली घरेलु मैदानमा दाबेदारका रूपमा प्रस्तुत हुनेछ । पहिलो खेल जित्दै नेपाल आफूलाई दाबेदारको रूपमा उभ्याउन चाहन्छ । 

समूह ‘ए’ मा आयोजक नेपालसहित बङ्गलादेश र श्रीलङ्का छन् । अर्को समूहमा साबिक विजेता भारत, मालदिभ्स र भुटान छन् । यस च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान र मालदिभ्सले प्रतिस्पर्धा गर्दै छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ