arrow

ट्याक्सी चालकको मृत्युपछि नयाँ बस्ती प्रहरी बिटमा स्थानीयको आक्रमण

५ मोटरसाईकल जले, केही प्रहरी घाईते

logo
प्रकाशित २०७३ मंसिर २६ आइतबार
taxi-daivar-new-ss.jpeg

काठमाडौं । ट्याक्सी चालकलाई प्रहरीले कूटपिट गरेर हत्या गरेको आरोपमा काठमाडौंको जोरपाटी स्थित नयाँ बस्तीमाका स्थानीय आक्रोशित बन्न पुगेका छन् । मादक पदार्थ सेवन गरी ट्याक्सी चलाएको आरोपमा पक्राउ परेका चालक राजु लामाको प्रहरी हिरासतमा नै मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका हुन् । 

उनीहरुले प्रहरी बिटमा आगजनीको प्रयास समेत गरेका छन् भने त्यहाँको स्थिती तनावग्रस्त रहेको छ । आइतबार करिब ५ सयको संख्यामा गएका स्थानीयवासीले प्रहरी बिटमा आक्रमण गरी ५ वटा मोटरसाइकलमा आगजनी समेत गरेका थिए । 
 
स्थानीयको आक्रमणमा परी झण्डै एक दर्जन प्रहरी घाईते भएको बताईएको छ । तर, प्रहरीले भने एक जना प्रहरी नायव निरीक्षक मात्रै घाईते भएको पुष्टि गरेको छ । स्थानीयले प्रहरीको कुटपिटले चालक लामाको मृत्यु भएको आरोप लगाउँदै आएका छन् । प्रहरीले भने चालक लामालाई बिहान अस्पतालतर्फ लैजादै गर्दा मृत्यु भएको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ