arrow

प्रिमियर लिगमा आर्सनल र लिभरपुलको विजयी शुरूआत, चेल्सी र म्यानसिटी भिड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २ आइतबार
arsenal-8-17.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिगको नयाँ सिजनमा आर्सनल र लिभरपुलले विजयी शुरूआत गरेका छन् । शनिबार सम्पन्न खेलमा आर्सनलले वोल्भ्सलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी शुरूआत गरेको हो ।

आर्सनलको जितमा काई हावर्ट्ज र बुकायो साकाले एक एक गोल गरेका थिए । खेलको २५औँ मिनेटसमा हावर्ट्जको गोलमा आर्सनलले शुरूआती अग्रता लिएको थियो । त्यसपछि खेलको ७४औं मिनेटमा साकाले अग्रता दोब्बर बनाएका थिए ।

यो जितपछि आर्सनलले महत्वपूर्ण ३ अंक बटुलेको छ र नयाँ सिजनको शानदार शुरूआत गरेको छ ।

त्यस्तै उपाधि दावेदार लिभरपुलले पनि विजयी शुरूआत गरेको छ । लिभरपुलले इस्पविच टाउनलाई २–० ले नै हरायो । डिएगो जोटा र मोहम्मद सलाहले १–१ गोल गरे । 

त्यस्तै बाइटनले इभर्टनलाई ३–० ले तथा एस्टन भिल्लाले वेष्ट ह्याम युनाइटेडलाई २–१ ले हराउँदै विजयी शुरुआत गर्यो । न्यूक्यासल युनाइटेडले साउथह्याम्पटनलाई १–० ले हराउँदा नटिंघम र बर्नमाउथले १–१ गोलको बराबरी खेले । 

यसअघि गएराति शुक्रबार राति भएको उद्घाटन खेलमा म्यानचेष्टर युनाइटेडले फुल्हमलाई १–० ले हराएको थियो । 

पहिलो चरणका अन्तिम दुई खेल आज हुँदैछन् । ब्रेन्टफोर्डले घरेलु मैदानमा क्रिष्टल प्यालेससँग घरेलु मैदानमा साँझ ६ः४५ बजे खेल्नेछ । 

पहिलो चरणको सबैभन्दा प्रतिस्पर्धात्मक भिडन्तमा चेल्सी र म्यानचेष्टर सिटी भिड्दैछन् । 

यो खेल चेल्सीको मैदानमा राति सवा ९ बजे शुरु हुनेछ । सिटी लगातार पाँच पटक उपाधि जितेर कीर्तिमान फराकिलो बनाउन चाहन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ