arrow

ला लिगामा बार्साको विजयी शुरुआत 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २ आइतबार
barcelona-24-8-17.jpg

काठमाडौँ । स्पेनिश ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले नयाँ सिजनमा विजयी शुरूआत गरेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई २–१ गोल अन्तरले पराजित गर्दै नयाँ सिजनमा विजयी शुरूआत गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुवै गोल गरेका थिए । १–० ले पछि परेको अवस्थामा बार्सिलोनाले कमब्याक गर्दै जित हासिल गरेको छ । 

लेवानडोस्कीले खेलको ४५औं र ४९औं मिनेटमा गोल गरेका थिए । त्यस्तै भलेन्सियाका लागि हुगो डुरोले एक गोल गरेका थिए ।         

यो जितपछि बार्सिलोनाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

लिगमा आज राति रियाल सोसिडाड र रायो भाएकानो भिड्दै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ