arrow

गैरिखोला तालढुङ्गा खानेपानी उद्घाटन

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८१ भदौ २ आइतबार
tab-innuguration-kavre.jpg

काभ्रे  । जिल्लाको खानिखोला गाउँपालिका वडा नं ५  गैरिखोला तालढुङ्गा खानेपानी निर्माण सम्पन्न गरी खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागमती प्रदेश कार्यालय सिन्धुली तथा खानिखोला गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय जनश्रमदानमा निर्माण सम्पन्न गरी खानेपानी आयोजनाको कामलाई गाउँपालिका प्रमुख इन्द्रबहादुर थिङ (छिन्ताङ) ले उदघाटन गरेका हुन् । 

सो अवसरमा थिङले मानिसको जीवनमा स्वच्छ खानेपानीको धेरै महत्व रहेको बताए । उनले काभ्रेको विकट मानिने खानिखोलामा आफू निर्वाचित भएपछि सातै वडामा एक घर एक धारा बनाइने लक्ष्य रहेको आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।   

यस ठाउँका अन्य आवश्यकीय शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायत नागरिकको आयआर्जनमा जोड्दै कृषिको क्षेत्रमा समेत विभिन्न योजनाहरु ल्याउने बताए । 

निर्माण भएको खानेपानीको संरचनाको संरक्षण गर्दै प्रयोग गर्न उनले आग्रह गरे ।

पालिका सरकार २५ लाख  र नेवा बागमती प्रदेश कार्यलय सिन्धुलीको साझेदारीमा श्रमदान, गरी १ करोड ६ लाख लागतमा  एक मुहान, पानी जम्मा गरेर वितरण गर्ने ट्यांकी,  धारा, पाइप, लगायतका संरचना निर्माण गरिएको छ । निर्माण सम्पन्न खानेपानी आयोजनाबाट १४५ घर धुरीमा  १४१ वटा धारा निर्माण गरी वितरण भएको छ । 

एक वर्षको समय अवधि रहेको खानेपानी आयोजना २०८० साल साउन १ गते सम्झौता भएको उक्त खानेपानी आयोजनाको समयमानै निर्माण सम्पन्न गरेकोमा स्थानीय नागरिक हर्षित भएका छन् । 

खानेपानी घर घरमा  पुगेपछि वर्षौ्रदेखिको खानेपानीको समस्या समाधान भएको स्थानीयले बताएका छन् ।

कार्यक्रममा वडा  अध्यक्षहरु ५ नम्बर  बुद्धिबहादुर स्याङ्तान ४ नम्बर निशान मोक्तान, १ नम्बर सन्चमान थिङ,लगाएत युवा नेता स्थानीयहरु  जीवन घिसिङ, केशव आचार्य , खडक बिक, टीका थिङ, केशव बन्जरा, प्रहरी हवल्दार सागर चौधरी, नेवा प्रतिनिधि रमेश पन्त, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष पुर्णबहादुर थोकर पदाधीकारी नेवाका प्रतिनिधि स्थानीयको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ