arrow

चार दिनमा एक सय ४९ वटा मोटरसाइकल नियन्त्रण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २ आइतबार
kaski-police-bike-karbai.jpg

पोखरा । कास्कीमा स्वरूप परिवर्तन गरी होहल्ला मच्चाउँदै हिँड्ने र ध्वनि प्रदूषण गर्ने एक सय ४९ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले साउन ३० देखि भदौ २ गतेसम्ममा यी संख्याका मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको हो ।

केही मोटरसाइकल यही कसूरमा चौथो पटक नियन्त्रणमा लिइएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

मोटरसाइकल स्वरुप परिवर्तन गरी चलाएर बजारमा ध्वनि प्रदुषण गर्ने प्रवृत्ति बढ्दै गएपछि कास्की प्रहरीले यसलाई नियन्त्रणमा लिनका लागि अभियान नै सञ्चालन गरेको थियो । 

अभियानअन्तर्गत मोटरसाइकलको स्वरुप परिवर्तन गरिदिन पोखराका आठ वटा वर्कसप सञ्चालकलाई नियन्त्रणमा लिएर प्रहरीले कारबाही गरेको थियो ।

डीएसपी शर्माका अनुसार अभियान सञ्चालन भएपछि दुई हजार ३५ वटा मोटरसाइकल कारबाहीमा परेको र यसबाट २९ लाख आठ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रहरीले पछिल्लो समयमा नियन्त्रणमा लिएका एक सय ४९ वटा मोटरसाइकललाई कारबाही गर्दा करिब २२ लाख रुपैयाँ राजस्व उठ्ने अनुमान गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ