arrow

साफ यू–२० च्याम्पियनशिपमा नेपालको विजयी शुरूआत 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २ आइतबार
nepal-u20-24-8-18.jpg

काठमाडौँ । नेपालले साफ यू–२० च्याम्पियनशिप फुटबलमा विजयी शुरूआत गरेको छ । आजदेखि शुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्यो । 

नेपालको जितमा खेलको २४ औं मिनेटमा निराजन धामीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । सजिलो समूहमा रहेको नेपालसँगै बंगलादेश र श्रीलंकासँग रहेको छ । 

अब नेपालले समूह चरणको अर्को खेल बिहीबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ