arrow
ADVERTISEMENT

यू–२० साफ च्याम्पियनशिपमा भारतको विजयी शुरूआत, भुटान पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३ सोमबार
saffu-20-india-bhutan.jpg

काठमाडौँ । साविक विजेता भारतले साफ यू–२० च्याम्पियनशिप फुटबलमा भुटानलाई पराजित गर्दै सुखद शुरूआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा भारतले भुटानमाथि १–० को जित हासिल गर्दै प्रतियोगितामा सुखद शुरूआत गरेको हो । 

भारतका लागि मोनिरूल मोल्लले गोल गरे । उनले खेलको ३७औँ मिनेटमा गरेको एक गोल नै भारतको लागि निर्णायक गोल सावित भयो । 

उक्त प्रतियोगिताअन्तर्गत मंगलबार बङ्गलादेशले श्रीलङ्कासँग खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ