arrow

अन्तर्राष्ट्रिय फुटबलबाट गुन्डोगनको संन्यास

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ४ मंगलबार
ilke-gundogan-german-football.jpg

काठमाडौँ । जर्मनीका मिडफिल्डर इल्के गुन्डोगनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् ।

३३ वर्षीय गुन्डोगनले हालै सम्पन्न युरो २०२४ मा जर्मनीको कप्तानी गरेका थिए । जर्मनीका लागि ८२ खेल खेलेका गुन्डोगन हाल बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । उनले जर्मनीका लागि १९ गोल गरेका छन् ।

अहिले उनले स्पेनिश क्लब बार्सिलोना छोडेर म्यानचेस्टर सिटीमै फर्किने चर्चा चलिरहेका बेला अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् ।

उनले क्लब र देशका धेरै खेलहरुका कारण आफुले मानसिक र शारीरिक रुपमा पनि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने निष्कर्षमा पुगेको बताएका छन् ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ