नेपाल बंगलादेशसँग खेल्नुअघि नै साफ यू–२० च्याम्पियनशिपको सेमिफाइनलमा
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ४ मंगलबार
525
Shares
काठमाडौँ । नेपाल काठमाडौँमा जारी साफ यू–२० च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह एका दुवै खेलमा पराजित भएको श्रीलंका बाहिरिएसँगै एक एक खेलबाटै नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका हुन् ।
मंगलबार सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेको हो । यसअघि नेपालले श्रीलंकालाई १–० ले हराएको थियो ।
नेपालले समूह चरणको अन्तिम खेलमा बिहीबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ । विजयी हुने टिम समूह विजेता हुँदै सेमिफाइनलमा पुग्नेछ ।
यता समूह बी को खेलमा भारतले भुटानलाई १–० गोलले पराजित गरेको छ ।
नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा समूह ए मा नेपाल, बंगलादेश र श्रीलंका तथा समूह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।