arrow

एमाले निकट कर्मचारीहरुमा महाधिवेशनको सरगर्मी

सहभागीहरुको उपस्थितीले तात्यो नेपालगन्जको माहोल

logo
प्रकाशित २०७३ मंसिर २६ आइतबार
UML-Karmachari.jpeg
काठमाडौं । एमाले निकट कर्मचारीहरुमा १० औं महाधिवेशनको सरगर्मी चुलिएको छ । सोमबार देखि बुधबारसम्म बाँकेको नेपालगञ्जमा हुन लागिरहेको महाधिवेशनको लागि देशभरबाट प्रतिनिधि पर्यवेक्षक तथा स्वयंसेवकहरु महाधिवेशनस्थलमा पुगिसकेका छन् । 
सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालगञ्जको सिद्धार्थ कटेजमा दिउँसो १२ बजे महाधिवेशनको उद्घाटन गर्ने कार्यतालिका रहेको संगठनले जनाएको छ । यही महाधिवेशनबाट नयाँ नेतृत्व पनि चयन हुने संगठनका केन्द्रीय प्रतिनिधि एवं सचिव पदमा उम्मेदवारको आकांक्षी देवेन्द्र ढकालले जानकारी दिए । 
 
संगठनका अधिकारीहरुले दिएको जानकारी अनुसार महाधिवेशनमा दुई पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ । जसमा अध्यक्ष केपी ओली, उपाध्यक्ष बामदेव गौतम लगायत धेरै केन्द्रीय नेताहरुको समर्थनमा केदारप्रसाद देवकोटाको प्यानल रहेको छ भने नेता माधव नेपालको पक्षबाट मोहन घिमिरेको प्यानल चुनावी मैदानमा उत्रिएको छ । 
 
यो पटकदेखि संगठनले नयाँ संरचनाबाट नेतृत्व चयन गर्दैछ । मुलुक संघीयतामा गईसकेकोले संगठनलाई पनि संघीय संरचनामा नै लैजाने तयारी रहेको वरिष्ठ उपाध्यक्ष केदार देवकोटाले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ