arrow

गाजा युद्धविरामलाई लिएर अमेरिकी विदेशमन्त्री र इजिप्टका राष्ट्रपतिबीच भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
bilkin-cc.jpg

काठमाडौँ । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले मङ्गलवार इजिप्टको तटीय शहर न्यू अलामिनमा भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेट गरेका छन् । जहाँ उनीहरूले गाजा युद्धविराम सम्झौतामा पुग्न संयुक्त प्रयासहरूबारे छलफल गरेका छन् । 

सिसी र ब्लिन्केनले गाजामा युद्धविराम गर्न र बन्दीहरू आदानप्रदान गर्न संयुक्त इजिप्ट–अमेरिकी–कतारी मध्यस्थता प्रयासहरूबारे छलफल गरेका छन् । उनीहरुबीच गत हप्ता दोहामा भएको पछिल्लो वार्ताको नतिजा र कायरोमा जारी वार्तामा प्रगति हासिल गर्ने उपायबारे पनि विचार आदानप्रदान भएको बताइएको छ । 

चलिरहेको युद्धको अन्त्य गर्ने, तर्क र बुद्धिको आवाजको सहारा लिने र शान्ति र कूटनीतिको भाषालाई समर्थन गर्ने समय आएको बताएका छन् । राष्ट्रपतिले सम्भावित विनाशकारी नतिजाहरूसहित क्षेत्रीय रूपमा विस्तार हुने द्वन्द्वको गम्भीर खतरा विरुद्ध चेतावनी पनि दिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ