arrow

पृथ्वीराजमार्ग अझै अवरुद्ध, सयौँ यात्रु अलपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ६ बिहिबार
prithivi-rajmarga-tanahun.jpg

पोखरा । पृथ्वीराजमार्गको दमौली-डुम्रे खण्ड अझै खुल्न सकेको छैन । तनहुँको घाँसीकुवा नजिकै भीषण पहिरो खसेपछि राजमार्ग बुधबार साँझदेखि नै अवरुद्ध बनेको थियो ।

करिब १ सय ५० मिटर सडक पुरिएकाले बुधबार पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आज बिहानैदेखि सडक पन्छाउने काम थालिने भए पनि समय लाग्ने भएको छ । राजमार्ग अवरुद्ध भएसँगै पोखरा आउने र पोखराबाट अन्यत्र गएका सवारीसाधन तनहुँमा रोकिएका छन् भने सयौँ यात्रु तनहुँमा अलपत्र परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ