arrow

नेउरले लिए संन्यास

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ६ बिहिबार
manual-neur.jpg

काठमाडौँ । जर्मनीका भेट्रान गोलकिपर म्यानुअल नेउरले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका छन् । युरोकपपछि संन्यास लिने नेउर जर्मनीको चौथो खेलाडी हुन् । 

यसअघि गत महिना सम्पन्न युरोकपपछि थोमस मुलर, टोनी क्रुज र इल्के गुण्डोगनले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका थिए ।

बुधबार एक भिडियो सन्देस जारी गर्दै नेउरले यो निर्णय गर्न आफुलाई निकै मुश्किल भएको बताउदै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

उनले २०२६ को फिफा विश्वकपका लागि आफू खेल्ने विचार गरेको भए पनि आफूले यो नै सही समय भएको ठानेर संन्यास लिएको बताएका छन् । 

उनले अब आफू बायर्न म्युनिखका लागि केन्द्रित हुने बताएका छन् । आफू २०२३ सम्म जर्मनीको कप्तानी गर्न पाएकोमा सम्मानित महसुस गरेको उनले बताए ।

नेउर जर्मनीले २०१४ को विश्वकप जित्दाका महत्वपूर्ण सदस्य थिए । ३८ वर्षीय नेउरले जर्मनीका लागि २००९ मा डेभ्यु गरेर अहिलेसम्म १२४ खेल खेलेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ