arrow

पोर्चुगिच मिडफिल्डर फेलिक्सलाई भित्र्यायो चेल्सीले

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ६ बिहिबार
jojao-felex-chelsea.jpg

काठमाडौँ । पोर्चुगलका अट्याकिंग मिडफिल्डर जोआओ फेलिक्स फेरि इङ्गलिश प्रिमियर क्लब चेल्सीमा भित्रिएका छन् ।

चेल्सीले फेलिक्सलाई ला लिगा क्लब एथ्लेटिको म्याड्रिडबाट किनेको हो । मिडिया रिपोर्टका अनुसार चेल्सीले फेलिक्सका लागि ५९ मिलियन डलर खर्च गरेको बताइएको छ । चेल्सीले फेलिक्सलाई ६ वर्षका लागि भित्र्याएको जानकारी दिएको छ ।

फेलिक्सले यसअघि २०२२–२३ सिजनमा चेल्सीमा लोनमा एक वर्ष खेलेका थिए । त्यसपछि लोनमा नै बार्सिलोनाबाट गत सिजन खेलेका फेलिक्स फेरि चेल्सीमै फर्किएका छन् ।

फेलिक्सले चेल्सी फर्किदा आफ्नो घरमा फर्किए जस्तो अनुभव भएको बताएका छन् । २४ वर्षीय फेलिक्स एथ्लेटिको मड्रिडमा प्रशिक्षकसँग विवाद भएपछि दुई सिजन लोनमा चेल्सी र बार्सिलोनाबाट खेलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ