arrow

जापानी पत्रकारले दक्षिण कोरियाली राष्ट्रपतिको बदनाम गरेको अदालतको ठहर

logo
प्रकाशित २०७२ पुष २ बिहिबार
_87253508_87253507.jpg.jpeg
सोल । जापानका एकजना पत्रकारले आफ्नो लेखमार्फत दक्षिण कोरियाका राष्ट्रपतिको बदनाम गरेको ठहर दक्षिण कोरियाको एक अदालतले गरेको समाचार छ । प्राप्त समाचारअनुसार विहीबार दक्षिण कोरियाको सोल जिल्ला अदालतले जापानी पत्रकारले लेखेको लेखबाट दक्षिण कोरियाली राष्ट्रपतिको बदनाम भएको ठहर गरेको हो । 
 
जापानी पत्रकार तात्सुया कातोले दुई वर्षअघि दक्षिण कोरियामा भएको डुङ्गा दुर्घटनाको समयमा कोरियाली राष्ट्रपतिको क्षमतामाथि प्रश्न उठाएर एक लेख लेखेका थिए । सो लेखमा दक्षिण कोरियाली राष्ट्रपतिमाथि लगाइएको आक्षेप आधारहिन र तथ्यहिन रहेको भन्दै यसबाट उहाँको अपमान भएको ठहर अदालतको सो फैसलामा गरिएको छ । यस लेखका कारण यी दुई देशबीचका विगतदेखिकै तिक्ततापूर्ण सम्बन्धमा बिगतमा पनि नराम्रो असर पारेको थियो । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ