arrow

प्रमुख अस्पतालमा जारी हडतालको अन्त्य, चिकित्सकहरू अझै विरोध प्रदर्शनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
indian-doctor-strike.jpg

काठमाडौँ ।  सहकर्मीको बलात्कार र हत्याको विरोधमा भारतीय चिकित्सकहरूले सरकारी अस्पतालमा गरेको हडताल ११ दिनपछि बिहीबार अन्त्य गरेका छन् । तर कोलकातामा भने अझै उग्र विरोध प्रदर्शन जारी नै छ । 

यही अगस्ट ९ मा भारतको पूर्वी सहर कोलकाताको सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको शव फेला परेपछि महिला विरुद्धको हिंसाको दीर्घकालीन मुद्दामा देशव्यापी आक्रोश बढेको हो । 

भारतका विभिन्न सहरमा सरकारद्वारा सञ्चालित अस्पतालका चिकित्सक सङ्घहरूले अस्पतालको आकस्मिक सेवा बाहेकका सेवा बन्द गर्दै स्वास्थ्यकर्मीहरूले हडताल सुरु गरेका थिए ।
 
महिलाविरुद्ध हिंसाको दीर्घकालीन मुद्दामा मात्र नभई उनीहरूलाई सुरक्षित काम गर्ने अवस्था प्रदान गर्न असफल भएकोमा पनि आक्रोश व्यक्त दशौँ हजार सर्वसाधारण विरोध प्रदर्शनमा सहभागी भएका छन् । 
 
एक अर्ब ४० करोड जनसङ्ख्या भएको भारतमा सन् २०२२ मा दैनिक औसत ९० वटा बलात्कारका घटना दर्ता भएका थिए । 

बलात्कारपछि हत्या गरिएकी चिकित्सकलाई शिक्षण अस्पतालको सेमिनार हलमा फेला पारिएको थियो । शव परीक्षण प्रतिवेदनबाट यौन उत्पीडनको पुष्टि भएको छ भने अदालतमा दर्ता भएको निवेदनमा पीडितका आमाबाबुले छोरीलाई सामूहिक बलात्कार गरेको आशङ्का व्यक्त गरेका छन् । 

प्रदर्शनकारीहरूले पीडित चिकित्सकलाई ‘अभय’ उपनाम दिएका छन् । यसको अर्थ ‘निडर’ हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ