arrow

धनुषा र सिराहा जोड्न नयाँ कमला पुल बन्ने सहमतिपछि आमरण अनशन स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
kamala-bridge-strike-agreement.jpg

जनकपुरधाम । धनुषा र सिरहा जोड्ने नयाँ कमला पुल निर्माणका लागि जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि आमरण अनशनमा बसेका अभियन्ता र प्रदेश सरकारबीच सहमति भएको छ । 

दुवै पक्षबीच चारबुँदे सहमतिलगत्तै अनशनकारीहरूले आन्दोलन स्थगन गरेका छन् । मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा आन्दोलनकारीहरूले जुस खाएर अनशन स्थगन गरेका हुन् ।

सहमतिअनुसार नयाँ कमला पुलको निर्माण गरिने, नयाँ कमला पुलका लागि आवश्यक बजेट आव२०८–२०८३ को वार्षिक बजेट संघ सरकारबाट प्राप्त नभएमा सम्पूर्ण बजेट मधेस प्रदेश सरकारको स्रोतबाट बेहोरिने र यसै वर्षको मंंसिर १ गतेभित्रमा पुल निर्माणको डीपीआर तयारीका लागि बोलपत्र आह्वान गरिने उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ