arrow

माओवादी उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशको परामर्श बैठक पेरिसडाँडामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
maobadi-prachanda-81-5-7.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको परामर्श बैठक शुरु भएको छ । उपत्यका विषेश प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा शुरू भएको हो ।

बैठक शनिबारसम्म चल्नेछ । यस बैठकले पार्टीको आगामी कार्ययोजनाबारे केन्द्रीय नेतृत्वलाई सुझाव दिने बताइएको छ ।

माओवादी केन्द्रको हालै सम्पन्न स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक बस्नुअघि प्रदेश स्तरको परामर्श बैठक गर्ने निर्णय अनुसार अहिले परामर्श बैठक चलिरहेको हो । 

यसअघि माओवादी केन्द्रको बागमती प्रदेश स्तरको परामर्श बैठक सम्पन्न भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ