arrow

फेवातालमा डुबेर बालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
fewaal.jpg.jpeg
फाइल तस्बिर

पोखरा । पोखरास्थित फेवातालमा डुबेर एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा पर्वत फलेवास नगरपालिका वडा नं. २ थापाठाना घर भई हाल पोखरा महानगरपालिका वडा नं. ७ अन्नपूर्ण टोल बस्ने सूर्यबहादुर क्षेत्रीका छोरा १३ वर्षीय प्रस्ताव क्षेत्री रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार प्रस्ताव बिहीबार दिउँसो १ बजे कसैलाई जानकारी नगराइ घरबाट निस्किएर हिंडेका थिए ।

उनी घर नफर्किएपछि परिवारजनले प्रहरीलाई खबर गर्नुका साथै सिसिटिभि फुटेजसमेत सामाजिक सञ्जालमा राखेर खोजी गरेका थिए ।

साथीले प्रस्ताव ड्यामसाइडस्थित फेवातालमा हाम फालेको भन्ने जानकारी आज दिउँसो ३ बजे गराएका थिए ।

त्यसपछि वडा प्रहरी कार्यालय बैदाम, गण्डकी प्रदेश प्रहरी गण पोखरा र सशस्त्र प्रहरी बल नं. २४ हेडक्वाटर मालेपाटनबाट संयुक्त रेस्क्यु टोली खटिई खोजतलास गरिएको थियो ।

तालमा खोजी गर्नेक्रममा आज दिउँसो करिब ४ः३० बजे उनको शव भेटिएको थियो ।

उनको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ