arrow

मर्स्याङ्दीमा भएको दुर्घटनामा भारतीय यात्रुको मृत्युप्रति दूतावासबाट दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
indian-bus-accident-81-5-7.jpg

काठमाडौँ । पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय बस मर्स्याङ्दीमा खस्दा २७ जनाको मृत्यु भएको छ । ४३ जना सवार रहेकामा २७ जनाको मृत्यु हुँदा १६ जनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । 

उक्त बसमा सबै भारतीय यात्रुहरु सवार रहेका थिए । उक्त घटनाप्रति नेपालका लागि भारतीय दूतावासले शोक व्यक्त गरेको छ । 

दूतावासले दुर्घटनामा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभकोसमेत कामना गरेको छ । 

दूतावासले काठमाडौँमा सम्पर्कका लागि सामाजिक सञ्जाल एक्समार्फत अत्यावश्यक नम्बर ९७७९८५११०७०२१ उपलब्ध रहेकोसमेत जनाएको छ । 

आज बिहान ११ः३० बजे तनहुँको आबुँखैरेनी २ स्थित ऐनापहरामा उक्त बस दुर्घटना भएको हो । घाइते सबैलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याई महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । 

केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौँ जाँदै गर्दा आज बिहान ११ः३० बजे तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं २ ऐनापहरास्थित पृथ्वीराजमार्गबाट मर्स्याङ्दी नदीमा खसेको थियो । बसमा चालकसहित ४३ जना यात्रु रहेका थिए । 

सो बस भदौ ४ गते बेलहिया नाकाबाट आठ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको बताइएको छ । 

पर्यटकलाई भैरहवाबाट पोखरा घुमाएर काठमाडौँ लैजाँदै गर्दा बस दुर्घटनामा परेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ