arrow
ADVERTISEMENT

साफ यू–२० च्याम्पियनशिपको सेमिफाइनलमा नेपालको भिडन्त भुटानसँग 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ८ शनिबार
u20-saff-nepal-2024.jpg

काठमाडौँ । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पूरा भएको छ । शुक्रबार सम्पन्न समूह चरणका खेल सकिएपछि सेमिफाइनलको समीकरण पूरा भएको हो ।

समूह चरणको अन्तिम खेलमा शुक्रबार समुह बी मा भारतले माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

यो जितपछि भारत समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको छ भने भुटान उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै श्रीलंका र माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

अब सेमिफाइनलमा नेपालले भुटानको सामना गर्ने छ र यो खेल आइतबार हुने छ । त्यस्तै अर्को सेमिफाइनलमा भारत र बंगलादेश खेल्ने छन् । दोस्रो सेमिफाइनल सोमबार हुने छ ।

प्रतियोगिताको फाइनल खेल बुधबार हुने तालिका रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ