arrow

असल र क्षमतावानले मात्र मुलुकलाई सही नेतृत्व दिन सक्छ : प्रदेश प्रमुख भट्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ८ शनिबार
dilliraj-bhatta-gandaki-pradesh.jpg

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सक्षम नागरिक उत्पादन हुन सके समाज र राष्ट्रको विकास हुने बताएका छन् । असल र क्षमतावान व्यक्तित्वले मात्र मुलुकलाई सही नेतृत्व दिन सक्ने उनको दाबी छ ।

पोखरा जेसीजद्वारा आयोजित ‘जेसीआई नेपाल विजनेस एकेडेमी’ को उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले सक्षम युवाले मात्र मुलुकको समृद्धिमा टेवा पुर्‍याउने भएकाले युवाको नेतृत्व तथा क्षमता विकास गर्नुपर्ने जिकिर गरे ।

प्रदेश प्रमुख भट्टले जेसीजले आयोजना गरेको प्रशिक्षणले युवालाई व्यवसायको सुरुवात गर्न, व्यवस्थापन गर्न र प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक ज्ञान र सीपको आर्जनमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

जेसीजले युवा सशक्तीकरण गर्दै समाजमा सकारात्मक परिवर्तन गरेको उनले दावी गरे ।

जेसीजले असल, योग्य युवाको उत्पादन गरी राष्ट्र, राष्ट्रियता र समाजप्रति जिम्मेवार नागरिक निर्माणमा योगदान गरेकोमा प्रदेश प्रमुख भट्टले प्रशंसा पनि गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ