arrow

प्रधानमन्त्री र बंगलादेशको सोसलिष्ट पार्टीको प्रतिनिधिमण्डलबीच भेट

logo
प्रकाशित २०७३ मंसिर २७ सोमबार
bangladesh-news-aaja.jpeg

काठमाडौं । सोसलिष्ट पार्टी अफ बंगलादेशका जनरल सेक्रेटरी खालेकुजमनको नेतृत्वमा रहेको टिमले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र खालेकुजमनबीच दुई देशको सम्बन्ध एवं नेकपा (माओवादी केन्द्र) र सोसलिष्ट पार्टी अफ बंगलादेशबीचको अन्तरपार्टी सम्बन्धका बारेमा छलफल भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।  
भेटमा प्रधानमन्त्रीले नेपाल परिवर्तनका मुद्धाहरुलाई संस्थागत गर्ने चरणमा रहेको र सरकारले परिवर्तन संस्थागत गर्दै समृद्धि हासिल गर्ने कुरालाई प्राथमिकतामा राखेको जानकारी दिए ।

प्रधानमन्त्रीले राष्ट्रिय एकता बलियो पार्दै संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, पुनःनिर्माण र नवनिर्माण एवं समृद्धिलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै राष्ट्रिय हित र साझा सवालमा नेपाल र बंगलादेशबीच सम्बन्ध अझै घनिष्ट बन्ने विश्वास लिए ।  

भेटमा जनरल सेक्रेटरी खालेकुजमनले बंगलादेशको सोसलिष्ट पार्टीले नेपाल र नेकपा (माओवादी केन्द्र) सँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न चाहेको जानकारी दिँदै प्रधानमन्त्रीलाई बंगलादेशको भ्रमणका लागि निमन्त्रणा गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ