arrow

माओवादी बैठक : जनपरिचालनको स्पष्ट कार्ययोजना बनाउन नेतृत्वलाई सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ९ आइतबार
maobadi-prachanda-81-5-7.jpg
फाइल तस्बिर

काठमाडौँ । पार्टीलाई जनमुखी बनाएर सङ्गठन विस्तार गर्नुपर्ने, एकीकृत कार्ययोजनाका साथ जनपरिचालनको योजना बनाउन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरूले पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा सहभागी भएका नेताहरूले सरकारमा रहँदा भए/गरेका सकारात्मक कामकारबाहीलाई लिएर जनतामा जानुपर्ने, सुशासन समृद्धिको योजनामा भएको प्रगतिका बारेमा आम रूपमा जानकारी गराउनुपर्ने धारणा राखेका थिए ।  

पार्टीभित्र आन्तरिक एकतालाई सवल बनाउनुपर्ने, नेताहरू एकीकृत रूपमा परिचालित हुनुपर्ने तथा कुनै पनि विवाद र द्वेष राख्न नहुनेमा जोड दिँदै नेताहरूले वर्गतर्फ फर्कने वातावरण बनाउन नेतृत्वलाई आग्रह गरेका थिए । 

एकीकृत प्रयास गरिएको खण्डमा र विगतको गल्ती तथा कमजोरी स्वीकार गरेर अगाडि बढ्ने सङ्कल्प भए पार्टी पूर्ण रूपमा पुनःनिर्माण भएर प्रमुख शक्ति बन्न सक्ने उनीहरूको धारणा थियो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफहरू लगातार बैठक र छलफलमा रहेको र पार्टीलाई थप सशक्त बनाउने दिशामा केन्द्रित रहेको बताए । 

बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय पम्फा भुसाल, अग्निप्रसाद सापकोटालगायतका नेता सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ