arrow

अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ९ आइतबार
araniko-rajmarja-pahiro.jpg

काभ्रेपलाञ्चोक ।  अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् । बाटो खुलाउने प्रयास जारी छ । 

वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको उक्त कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । उक्त राजमार्गको जिरोकिलो–दोलालघाट खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ