arrow

लगातार दोस्रो जितसहित आर्सनल तेस्रो स्थानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ९ आइतबार
epl-arsenal-24-8-23.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले लगातार दोस्रो जित हासिल गरेको छ । 

गएराति सम्पन्न खेलमा आर्सनलले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा लिन्द्रो ट्रोसार्ड र थोमस पार्टीले एक एक गोल गरेका थिए ।

यो जितपछि आर्सनलले २ खेलमा ६ अंक हासिल गरेको छ । आर्सनल तेस्रो स्थानमा रहेको छ । आर्सनल भन्दा अगाडि समान ६ अंकसहित म्यानचेस्टर सिटी र ब्राइटन पहिलो र दोस्रो स्थानमा छन् । 

एस्टन भिल्लाको २ खेलमा ३ अंक रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ