arrow

प्रिमियर लिगमा हालाण्डको चमक, ह्याट्रिकमा म्यानचेस्टर सिटी विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ९ आइतबार
halland-mancity-24-8-24.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर सिटीले लगातार दोस्रो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले इपस्विच टाउनलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

इपस्विच टाउनले खेलको सातौं मिनेटमा सामी साज्मोडिकको गोलमा शुरूआती अग्रता हासिल गरे पनि सिटीले तुरुन्तै कमब्याक गरेको थियो । 

खेलको १२औँ १६ र ८८ औँ मिनेटमा इर्लिंग हालाण्डले गोल गर्दै आफ्नो यस सिजनको पहिलो ह्याट्रिक पूरा गरेका थिए । त्यस्तै केभिन डी ब्रुनेले खेलको १४ औँ मिनेटमा गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको २ खेलमा ६ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ । समान ६ अंकबाट ब्राइटन दोस्रो तथा आर्सनल तेस्रो स्थानमा रहेको छ । 

त्यस्तै इपस्विच टाउनले भने लिगमा लगातार दोस्रो हार बेहोरेको छ ।

लिगमा गएरातिको खेलमा ब्राइटनले शानदार तरिकाले घरेलु मैदानमा म्यानचेष्टर युनाइटेडलाई २–१ ले हरायो । क्रिष्टल प्यालेस घरेलु मैदानमै वेष्ट ह्यामसँग पराजित भयो । फुल्हमले लेस्टर सिटीसँग २–१ को हार बेहोर्यो । 

नटिंघम फरेस्टले साउथह्याम्पटनलाई १–० ले हरायो । टोटनह्याम हट्सपरले एभर्टनलाई ४–० ले हरायो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ