arrow

बङ्गलादेशमा बाढीका कारण १८ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ९ आइतबार
bangladesh-flood.jpg

काठमाडौँ । बङ्गलादेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १८ पुगेको अधिकारीहरूले बताएका छन् । विपद् व्यवस्थापन तथा राहत मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् व्यवस्थापन समन्वय केन्द्रको पछिल्लो दैनिक विपद् अवस्था प्रतिवेदनअनुसार देशका ६४ जिल्लामध्ये ११ जिल्लामा बाढीका कारण झन्डै ५० लाख मानिस प्रभावित भएका छन् । 

बाढीले बाढी प्रभावित सात जिल्लामा १८ जनाको ज्यान गएको प्रतिवेदनले देखाएको छ । भारी मौसमी वर्षाका कारण आएको बाढी र भारतीय सीमानाका पहाडबाट आएको पानीको बहावले सडकहरू बगाएपछि अधिकारीहरूले अझै पनि दक्षिण पूर्वी र उत्तरी जिल्लाहरूमा आपूर्ति गर्न सङ्घर्ष गरिरहेका छन् । 

बाढीले उत्तरी र दक्षिण पूर्वी क्षेत्रका विशाल क्षेत्रहरूमा घर र बालीमा व्यापक क्षति पुर्‍याएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ