arrow
ADVERTISEMENT

बालिकामाथि सामूहिक करणी अभियोगमा ६ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ९ आइतबार
crime-final-everytime-use.jpg

झापा । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ६ जनालाई क्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका ९ बस्ने १९ वर्षीय अनिश लिम्बू, सोही नगरपालिका ८ बस्ने ३४ वर्षीय सरोज राई, २५ वर्षीय केशव मगर, १९ वर्षीय सुनिल राजवंशी, १९ वर्षीय सुदिप श्रेष्ठ र १९ वर्षीय सुजन डाँगी रहेका छन् । 

अनिश, सरोज र केशवले ती बालिकालाई अर्जुनधारा नगरपालिका ८ नयाँ बजारस्थित बाख्रा हटिया लाग्ने स्थानको फलैचामा जबरजस्ती करणी गरेको र सुनिल, सुदिप, सुजन र २० वर्षीय संजीव तामाङले अर्जुनधारा नगरपालिका ७ स्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

प्रहरीले घटनामा संलग्न हाल फरार रहेका संजिवको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ