- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेपाल भौतिक विज्ञान समाज गण्डकीको अध्यक्षमा पुनः डा. कृष्णराज अधिकारी निर्वाचित भएका छन् ।
समाजको शनिबार भएको आठौँ साधारणसभाले अधिकारीलाई नै अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
समाजको उपाध्यक्षमा डा. कपिल अधिकारी, सचिवमा रवि कार्की, कोषाध्यक्षमा दीपक अधिकारी र सहसचिवमा श्रीकान्त सुवेदी छन् ।
यस्तै कार्यसमिति सदस्यमा छविकुमार श्रेष्ठ, आविष्कार भुषाल, रमेश ढकाल, मनुराज बराल, संजय बराल र त्रिलोचन बराल छन् ।