arrow

नयाँ सिजनमा बायर्न म्युनिखको विजयी शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १० सोमबार
bundesliga-bayern-munich.jpg

काठमाडौँ । जर्मन बुण्डेसलिगामा बायर्न म्युनिखले विजयी शुरूआत गरेको छ । आइतबार राति सम्पन्न खेलमा बायर्न म्युनिखले २–१ ले पछि परेको अवस्थामा कमब्याक गर्दै वोल्फ्सबर्गविरुद्ध ३–२ को जित हासिल गरेको हो ।

बायर्न म्युनिखको जितमा जमाल मुसियाला र सेर्गे ग्नाब्रीले एक एक गोल गरेका थिए भए एक गोल वोल्फ्सबर्गका जाकुब कामिन्स्कीले आत्मघाती गोल गरेका थिए । त्यस्तै वोल्फ्सबर्गका लागि लोभ्रो माजेरले दुई गोल गरेका थिए ।

यो जितपछि बायर्न म्युनिखले महत्वपूर्ण ३ अंक हासिल गरेको छ र नयाँ सिजनमा विजयी शुरुआत गरेको छ ।
    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ