arrow

प्रिमियर लिगमा दोस्रो चरण सकियो, चेल्सीको फराकिलो जित, दुई खेलाडीको ह्याट्रिक, को कहाँ ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १० सोमबार
epl-chelsea-madueke.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा दोस्रो चरणका खेल सकिएका छन् । चार टिमले मात्र शतप्रतिशत नतिजा निकालेका छन् । म्यानचेस्टर सिटी, ब्राइटन, आर्सनल र लिभरपुलले दुवै खेल जितेका छन् । 

तीन टिम अपराजित छन् । अर्थात् तीन टिमले एकमा जित र एकमा बराबरी गरेका छन् भने छ टिमले एक खेल जितेका छन् । बर्नमाउथ अपराजित रहने क्रममा दुवै खेलमा बराबरी गरेको छ । लेस्टर सिटी एकमा हार र एकमा बराबरी गर्दै एक अंकमा रहेको छ भने पाँच टिम साउथह्याम्पटन, क्रिस्टल प्यालेस, इप्सिविच टाउन, वुल्भ्स र एभर्टन अंकविहीन छन् । 

अहिलेसम्म चेल्सीले फराकिलो जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा चेल्सीले वुल्भ्समाथि ६–२ को फराकिलो जित हासिल गरेको छ । कुनै पनि टिमले नयाँ सिजनमा छ गोल गरेको छैन । 

नोनि माडुकेले ह्याट्रिक गरे । नोनि जारी सिजनमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी हुन् र यसअघि म्यानचेस्टर सिटीका आर्लिङ हालान्डले इप्सिविच टाउनविरुद्ध ह्याट्रिक गरेका थिए । 

गएरातिको खेलमा लिभरपुलले ब्रेन्टफोर्डमाथि २–० को जित हासिल गर्यो । बर्नमाउथले न्यूकासल युनाइटेडमाथि १–१ को बराबरी खेल्यो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ