arrow

लेबनानमा आक्रमण ‘अन्तिम शब्द होइन’– नेतान्याहु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १० सोमबार
Benjamin-netanyahu.jpg

काठमाडौँ ।  इजरेलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले लेबनानमा आइतबारको आक्रमण लेबनानी सशस्त्र समूह हिजबुल्लाहविरुद्ध आफ्नो मुलुकको सैन्य अभियानमा ‘अन्तिम शब्द नभएको’ चेतावनी दिएका छन् । 

“हामी हिजबुल्लाहमाथि अचम्मका साथ प्रहार गर्दैछौँ, यो उत्तरको अवस्था परिवर्तन गर्न र हाम्रा बासिन्दाहरूलाई सुरक्षित रूपमा उनीहरूको घर फर्काउने दिशामा थप अर्को कदम हो, र म दोहोर्याउँछु कि यो अन्तिम शब्द होइन”, उनले मन्त्रिपरिषद् बैठकमा भने । 

उनले ‘हाम्रा नागरिक र बलहरूलाई नोक्सान पुर्याउने उद्देश्यले प्रहार गरिएका हजारौँ छोटो दूरीका रेकटहरूलाई सेनाले नष्ट गरेको’ बताए । 

“यसबाहेक आइडिएफ (इजरेली सेना) ले मध्य इजरेलमा रणनीतिक लक्ष्यमा हिजबुल्लाहले प्रहार गरेका सबै ड्रोनलाई रोकेको छ”, लक्ष्य के हो भन्नेबारे पहिचान नगरी प्रधानमन्त्री नेतान्याहुले भने ।

यद्यपि इजरेली सञ्चार माध्यमहरूले हिजबुल्लाहले तेल अभिव नजिकै रहेको इजरेली मोसाद जासुसी एजेन्सीको मुख्यालयमा आक्रमण गर्न खोजेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ