arrow

लद्दाखमा पाँच नयाँ जिल्ला बनाउने घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १० सोमबार
jammu-kashmir-laddakh.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतको केन्द्र शासित प्रदेश लद्दाखमा केन्द्र सरकारले पाँच नयाँ जिल्ला बनाउने घोषणा गरेको छ । केन्द्रीय गृहमन्त्री अमित शाहले लद्दाखको विकास र समृद्दीका लागि पाँच नयाँ जिल्ला बनाएको घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘विकसित र समृद्ध लद्दाख निर्माण गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोणलाई अगाडि बढाउँदै गृह मन्त्रालयले केन्द्र शासित प्रदेशमा पाँचवटा नयाँ जिल्ला बनाउने निर्णय गरेको छ।’

गृहमन्त्री शाहले अगाडि भनेका छन्, ‘नयाँ जिल्लाको नाम – झाँस्कर, द्रास, शाम, नुब्रा र चाङ्थाङ। हरेक कुनामा सुशासन सुदृढ गर्दै जनताको सुविधा घरदैलोमा पुर्याइनेछ।’ उनले मोदी नेतृत्वको सरकारले लद्दाखका जनताका लागि ठूलो मात्रामा अवसर सिर्जना गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् ।

गृहमन्त्री शाहको यो घोषणापछि प्रधानमन्त्री मोदीले लद्दाखमा पाँच नयाँ जिल्लाहरू निर्माण गर्नु राम्रो शासन र समृद्धिको लागि ठूलो कदम भएको बताएका छन् । 

उनले लेखेका छन्, ‘अब झन्स्कर, द्रास, शाम, नुब्रा र चाङ्थाङमा बढी ध्यान दिइनेछ । यसले सेवा र अवसरलाई जनताको नजिक ल्याउनेछ । त्यहाँका जनतालाई बधाई छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ