arrow
ADVERTISEMENT

भारत बाहिरियो, नेपालको उपाधि भिडन्त बंगलादेशसँग 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १० सोमबार
u20-bangladesh-24.jpg

काठमाडौँ । डिफेन्डिङ च्याम्पियन भारतलाई टाइब्रेकरमा पराजित गर्दै बङ्गलादेशले साफ यू–२० च्याम्पियनशिपको फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो सेमिफाइनलमा बङ्गलादेशले भारतमाथि टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

त्यस्तै आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानलाई टाईब्रेकरमा ४–१ ले पराजित गरेको थियो । 

सोमबार खेलको निर्धारित ९०औँ मिनेटमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको हो । टाइब्रेकरमा बङ्गलादेशका अहमेद नोभा, मोइनुल स्लाम, साकिल तोपु र मोहम्मद आसिफले गोल गरे ।

भारतका लागि परमवीर, ग्वाङ्गसार गोएरी र मनजोत सिंहले गोल गरे भने केल्भिन सिंह र आकाश टिर्के गोल गर्नबाट चुके । त्यसअघि खेलको ३७औँ मिनेटमा बङ्गलादेशका असदुल मोल्लाले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । 

    त्यस्तै भारतले खेलको ७५औँ मिनेटमा बराबरी गोल फर्कायो । भारतका लागि ग्वाङ्गसार गोएरीले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा बङ्गलादेश १० खेलाडीमा समेटिएको थियो । बङ्गलादेशका कामासाइ मार्माले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदानबाट बाहिरिएका थिए । तर त्यसको सदुपयोग भने भारतले गर्न सकेन । 

साफ च्याम्पियनशिपको उपाधिको लागि नेपाल र बंगलादेशवीच प्रतिस्पर्धा हुनेछ । यही भदौ १२ गते बुधबार हुने फाइनल दशरथ रङ्गशालामा हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ