arrow

जग्गा प्राप्ति विद्युत् प्रसारण लाइनको अहिलेको मुख्य समस्या [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ११ मंगलबार
shakti-basnet-05-11.jpg

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले जग्गा प्राप्ति विद्युत् प्रसारण लाइनको अहिलेको समस्या भएको बताएका छन् ।

आइतबार ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा पूर्व उर्जामन्त्रीहरुसँगको छलफलका क्रममा उनले जग्गा प्राप्ति अप्ठ्यारो विषय रहेको बताए । उनले विद्युत् प्रसारण लाइनका लागि आवश्यक जग्गा प्राप्तिमा सहजीकरण नगरी निजी क्षेत्रले तत्कालै प्रसारण लाइन बनाइहाल्ने अवस्था नरहेको बताए । 

उनले नयाँ विद्युत् उत्पादनमा निजी-सरकारी मोडालिटी आवश्यक रहेको बताए । सरकार र कन्ट्रक्शनमै पार्टनरसिप हुुनसके सहजता हुने उल्लेख गरे । उपभोगबाट धेरै भएको बिजुली बेच्नुपर्ने भन्दै आन्तरिक खपतको क्षमता बढाउन आवश्यक रहेको बताए । 

उनले भने, ‘विद्युत् प्रसारण लाइनको अहिलेको समस्या भनेको जग्गा प्राप्ति नै हो । जग्गा प्राप्ति यति अप्ठ्यारो छ । यसलाई सहजीकरण नगरी निजी क्षेत्रले तत्कालै प्रसारण लाइन बनाइहाल्छ भन्ने कुरा मलाई विश्वास छैन । यसमा सरकार आफैँले पनि धान्न सकिरहेको छैन । निजी क्षेत्रले पनि अहिले सहजै आएर प्रसारण लाइन बनाइहाल्ने स्थिति छैन । पार्टनरसिपको अर्को मोडालिटी खोज्नुपर्छ । उत्पादनमा हामीले पब्लिक, प्राइभेट मोडालिटी प्रयोग गरिरहेका छौँ तर यो नभएर पब्लिक प्राइभेट पार्टनरसिपको अर्को रूप खोज्नुपर्छ । सरकार र कन्ट्रक्शनमै पार्टनरसिप गर्नुपर्छ । हामीले उपभोगबाट धेरै भएको बिजुली नै बेच्ने हो । बचत बिजुली नै बेच्ने हो । आन्तरिक खपतको क्षमता नै बढाउने हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ