arrow

दक्षिण अफ्रिका विरुद्धको टी–२० श्रृंखलामा वेस्ट इन्डिजको क्लिन स्वीप 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १२ बुधबार
west-indies-t20-24-8-28.jpg

काठमाडौँ । वेस्ट इन्डिजले दक्षिण अफ्रिका विरुद्धको टी–२० श्रृंखला क्लिन स्वीप गरेको छ ।

गएराति सम्पन्न श्रृंखलाको तेस्रो खेल वेस्ट इन्डिजले डक वर्थ लेविस नियमअनुसार ८ विकेटले जितेको थियो ।

वर्षाले प्रभावित खेलमा वेस्ट इन्डिजले पाएको ११६ रनको लक्ष्य ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । यसअघि दक्षिण अफ्रिकाले पहिला ब्याटिंग गर्दै १३ ओभरमा ४ विकेट गुमाउँदै १०८ रन बनाएको थियो ।

वेस्ट इन्डिजले यसअघि पहिलो खेल ७ विकेटले र दोस्रो खेल ३० रनले जितेको थियो ।

यो जितसँगै वेस्ट इन्डिजले टी–२० श्रृंखला ३–० ले जितेको छ । उत्कृष्ट प्रदर्शन गरेका वेस्ट इन्डिजका शाइ होप प्लेयर अफ द सिरिज बनेका थिए ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ