arrow

ला लिगामा शतप्रतिशत खेल्ने बार्सा एकमात्र टिम, डेब्युमै ओल्मोको निर्णायक गोल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १२ बुधबार
barcelona-24-8-27.jpg

काठमाडौँ । स्पेनिश ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले लगातार तेस्रो खेलमा जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले रायो भाएकानोलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा आफ्नो डेब्यु खेल खेलेका डानी ओल्मोले निर्णायक गोल गरेका थिए । यसअघि रायोले खेलको नवौँ मिनेटमा उनै लोपेजको गोलमा शुरुआती अग्रता लिएको थियो । त्यसपछि बार्सिलोनाले खेलको ६०औं मिनेटमा पेड्रीको गोलमा खेल बराबरी गरेको थियो ।

यो जितपछि बार्सिलोनाको ३ खेलमा ९ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ । तेस्रो चरणको खेलमै बार्सा शतप्रतिशत खेल्ने एकमात्र टिम बनेको छ । रायोको ३ खेलमा ४ अंक रहेको छ ।
 
लिगमा ७ अंकसहित भिल्लारियल दोस्रो तथा सेल्टाभिगो ६ अंकसहित तेस्रो स्थानमा रहेको छ । 

एक खेल कम खेलेका एथलेटिको मड्रिड, रियाल मड्रिड, लेगनेस र ओसासुनाको समान ४ अंक रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ