arrow
ADVERTISEMENT

राष्ट्रिय फुटबल खेलाडीको तलब ३० हजार पुग्यो, एन्फा महासचिवले मासिक दुई लाख ७० हजार पाउने  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १२ बुधबार
pankaj-kiran.jpg

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ । 

अध्यक्ष पंकज विक्रम नेम्वाङले एजेण्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलब २ हजार अमेरिकी डलर अर्थात् करिब २ लाख ७० हजार रुपैयाँ पुर्याउने प्रस्ताव राखेका हुन् । 

केही सदस्यको असन्तुष्टिका बाबजुद यो प्रश्ताव बहुमतले पारित भएको छ । हाल महासचिव किरण राईले १ लाख २० हजार मासिक रहेको थियो । बैठकले राष्ट्रिय खेलाडीको तलब १८ हजार रुपैयाँबाट मासिक ३० हजार रुपैयाँमा वृद्धि गरेको छ । 

यो निर्णय भने सर्वसम्मतले पारित भएको छ । महासचिव किरण राईले तलब वृद्धिको विषयमा बोल्न चाहेनन् । बैठक सकिएको छैन । 

बैठकबीच प्रवक्ता सुरेश साहले तलव वृद्धिको निर्णय भएको स्वीकार गरे । बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ । 

उनको नेतृत्वमा नेपालले १९ खेल खेलेको थियो । जसमा उनले मात्र ५ जित दिलाएका थिए । ४ खेलमा बराबरी र १० खेलमा हारको नतिजा आएको थियो । 

एन्फाले अब खुला प्रतिष्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।  बैठक मङ्गलबार बिहान पौने ११ बजे शुरु भएको थियो । रातिसम्म चलेको बैठक बिहीबार बिहान सम्मका लागि स्थगित गरेको छ । 

बुधवार साफ यू–२० च्याम्पियनशिपको फाइनलको कारण बिहीवार बैठक जारी रहने प्रवक्ता साहले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ