arrow

पेरिस पारालिम्पिक्समा पलेशाको भिडन्त भेनेजुएलाकी भलेरिया मोराल्ससँग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १२ बुधबार
palesa-govrdan-81-5-12.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पेरिस पारालिम्पिक्समा छनोट भएकी कीर्तिमानी तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्ससँग प्रतिष्पर्धा गर्ने भएकी छिन् । 

बुधबार भएको ड्र अनुसार पलेसाले शुक्रबार हुने पहिलो भिडन्तमा भलेरियालाई प्रतिद्वन्द्वीको रूपमा पाएकी हुन् । उनले के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा प्रतिष्पर्धा गर्नेछिन् । 

पहिलो चरणको खेल जितेमा पलेसाले दोस्रो चरणमा विश्व वरियताको पहिलो स्थानमा रहेकी ब्रजिलकी फरनान कार्डोसोको सामना गर्नुपर्नेछ । यो स्पर्धामा कुल ११ खेलाडीबीच प्रतिष्पर्धा हुनेछ । 

पलेसाको यो दोस्रो पारालिम्पिक्स हो । यसअघि टोकियो पारालिम्पिक्समा वाइल्ड कार्डमार्फत छनोट हुँदा उनले दुई वाउट जितेर ऐतिहासिक सफलता प्राप्त गरेकी थिइन् । 

काँस्य भिडन्तमा भने चीनकी खेलाडीसँग पराजित भएकी थिइन् । उनी ओलम्पिक्समा नै नेपालको लागि जित निकाल्ने पहिलो खेलाडी बनेकी थिइन् । यसको चार वर्षपछि पलेसा छनोट हुँदै पेरिस पारालिम्पिक्सको यात्रा तय गर्न सफल रहिन् । 

गत चैतमा पारालिम्पिक्सको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी हुन् । उनी पारालिम्पिक्समा छनोट हुने पहिलो नेपाली खेलाडी पनि बनेकी छिन् । 

उनी एक महिनाको विशेष प्रशिक्षणपछि पेरिस पुगेकी हुन् । पलेसा र भरतसिंह महताले बेलायतको राष्ट्रिय टिमसँग एक महिना लामो प्रशिक्षण लिएका थिए । 

वाइल्ड कार्डमार्फत पेरिस पारालिम्पिक्समा छनौट भएका भरतसिंह महताले के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौल समूहमा प्रतिष्पर्धा गर्नेछन् । ड्रअनुसार उनले पहिलो चरणमा जापानका मित्सुया तानाकासँग खेल्नेछन् । 

यो स्पर्धाम १२ खेलाडी रहेका छन् । यस्तै पौडीका भीमबहादुर कुमालले एस –९ क्याटगरीको पुरुष ५० मिटर फ्रिस्टायलमा प्रतिष्पर्धा गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ