arrow
ADVERTISEMENT

साफ यू–२० को फाइनलमा नेपालको लज्जास्पद हार [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १२ बुधबार
saff-u20-final-2024-(21).jpg

काठमाडौँ । बंगलादेशले नेपाललाई पराजित गर्दै साफ यू–२० च्याम्पियनशिपको उपाधि जितेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा नेपालले लज्जास्पद प्रदर्शन गर्यो । बंगलादेशले ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

पहिलो हाफमा एक गोलमात्र खाएको गोर्खाली टिमले घरेलु मैदानमा मध्यान्तरपछि तीन गोल खायो । खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यमा पहिलो गोल गरेको थियो ।

बंगलादेशका लागि पहिलो गोल मिरजुल इस्माइलले गरेका थिए । त्यसपछि दोस्रो गोल मिराजुलले नै खेलको ५५औं मिनेटमा गरेका थिए । 

त्यस्तै बंगलादेशका लागि तेस्रो गोल खेलको ७१औं मिनेटमा रब्बी हुसेनले गरेका थिए भने ९० मिनेटको इन्जुरी समयपछि बंगलादेशका पियास अहमद नोभाले चौथो गोल गरेका थिए ।

नेपालका लागि एक गोल समीर तामाङले ८०औं मिनेटमा गरेका हुन् । 

नेपालले लज्जास्पद प्रदर्शन गरेसँगै बंगलादेशले नेपालको भूमिबाट शानदार तरिकाले उपाधि लैजान सफल भयो । 

सेमिफाइनलमा नेपालले भुटानलाई तथा बंगलादेशले भारतलाई हराएर फाइनलमा स्थान बनाएको थियो । 

योसँगै बंगलादेशले पहिलो पटक साफ यू–२० च्याम्पियनशिपको उपाधि जितेको हो ।

saff-u20-final-2024 (1).jpg
saff-u20-final-2024 (2).jpg
saff-u20-final-2024 (3).jpg
saff-u20-final-2024 (4).jpg
saff-u20-final-2024 (5).jpg
saff-u20-final-2024 (6).jpg
saff-u20-final-2024 (7).jpg
saff-u20-final-2024 (8).jpg
saff-u20-final-2024 (9).jpg
saff-u20-final-2024 (10).jpg
saff-u20-final-2024 (11).jpg
saff-u20-final-2024 (12).jpg
saff-u20-final-2024 (13).jpg
saff-u20-final-2024 (14).jpg
saff-u20-final-2024 (15).jpg
saff-u20-final-2024 (16).jpg
saff-u20-final-2024 (17).jpg
saff-u20-final-2024 (18).jpg
saff-u20-final-2024 (19).jpg
saff-u20-final-2024 (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ