arrow

कृषि उपज केन्द्र सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १२ बुधबार
tarkari-bazaar.jpg.jpeg
फाइल तस्बिर

तनहुँ । तनहुँको व्यास नगरपालिकाले ग्रामीण क्षेत्रका बासिन्दाले उत्पादन गरेको प्राङ्गारिक कृषि उपजलाई बजारसम्म पुर्‍याउन कृषि उपज केन्द्र सञ्चालनमा ल्याएको छ ।

व्यास नगरपालिका-१३ मा रहेका किसानले उत्पादन गरेका प्राङ्गारिक कृषि उपजलाई सहज तवरले बजारसम्म पुर्‍याउने हेतुले व्यास-३ मालपोत लाइनमा आजदेखि कृषि उपज केन्द्र सञ्चालनमा ल्याइएको हो ।

व्यास-१३ का किसान आवद्ध गाउँविकास कृषि सहकारी संस्था लिमिटेडको समन्वयमा कृषि उपज केन्द्र सञ्चालन गरिएको सहकारी संस्था लिमिटेडका अध्यक्ष चन्द्रबहादुर आलेले जानकारी दिए ।

कृषि उपज केन्द्रमा सहकारीमा आवद्ध किसानले उत्पादन गरेको आलु, बोडी, तरुल, पिँडालु, फर्सी, करेला, निगुरो, काँक्रो लगायतका तरकारी सुपथ मूल्यमा पाइने केन्द्रले जनाएको छ ।

करिब रु पाँच लाख खर्चिएर केन्द्र सञ्चालन गरिएको हो । साना किसानलाई प्रोत्साहन र स्वस्थकर कृषि उत्पादनमा लाग्न व्यास-१३ को कार्यालयले विशेष कार्यक्रम नै बनाएर अघि बढेको व्यास-१३ का वडाध्यक्ष वसन्तबहादुर आलेले जानकारी दिए ।

प्राङ्गारिक कृषि उपजलाई प्रोत्साहन गरी साना किसानलाई संरक्षण गर्न व्यास नगरपालिकाको कार्यालयले मासिक भाडा तिर्ने गरी कृषि उपज केन्द्रको व्यवस्था गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

व्यास नगरपालिका क्षेत्रलाई कृषिमा आत्मनिर्भर बनाउनेतर्फ व्यास नगरपालिकाको कार्यालयले विभिन्न कार्यक्रम अघि सारेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ