arrow

पोखरा पर्यटन परिषद्को अध्यक्षमा पहारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
ptc-kaski.jpg

पोखरा । पोखरा पर्यटन परिषद्को अध्यक्षमा तारानाथ पहारी निर्वाचित भएका छन् ।

परिषद्को २४औँ साधारणसभा तथा १३औँ अधिवेशनले पहारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

पहारी गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशका संस्थापक अध्यक्ष हुन् ।

यस्तै, परिषद्को सदस्यमा हरि भुजेल, चौबहादुर गुरुङ, बाबुराम पाण्डे, नीम मगर, जीवन सापकोटा र नारायण सुवेदी छन् ।

पदाधिकारी तोक्ने र तीन जना सदस्य मनोनित गर्ने अधिकार अध्यक्षमा निहीत छ ।

यसअघि साधारणसभाको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले गरेका थिए ।

संस्थाका अध्यक्ष पोमनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पोखराका अग्रज पर्यटन व्यवसायी हरिप्रसाद पौडेललाई सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ